कावासोती, चैत्र २०

नवलपुर उद्योग बाणिज्य संघको पहलमा बिहिबार नवलपुर उद्योग बाणिज्य संघका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, कावासोती नगरपालिका , जिल्ला प्रहरी कार्यालय र संचारकर्मी सहितको टोलीले कावासोती बजारमा रहेका थोक बिक्रेता पसलहरुमा पुगी बर्तमान अवस्थामा नगर क्षेत्रमा रहेको दैनिक उपभोग्य खाध्य बस्तुको मौज्दात संकलन गरेको छ ।
नगर भित्र रहेका १२ बटा थोक पसलमा गरीएको अनुगमनका क्रममा अन्य खाद्यबस्तुको तुलनामा नुनको मौज्दात कम पाईएको उद्योग बाणिज्य संधका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिनुभयो । हरेक होलसेल पसलमा अनुपातमा न्युनतम १ सय बोरा चामल, २५ देखी ३० बोरा दाल, ८० कार्टुन तेल रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । नगरभित्र रहेका तेल तथा चामल उद्योग (मिल)को मौज्दात विवरण संकलन गरेपछि मात्र खाद्यबस्तुको यतार्थ मौज्दात आउने समेत उहाँले बताउनुभयो ।
कावासोती–३ मा रहेको आर वि तिमल्सीना संचालक धन्नजय तिमल्सीनाले कोरना भाईरसको संक्रमणको हल्ला आउना साथ ग्राहाकले खाद्य सामग्रीको मौज्दात गरेकाले गर्दा समेत बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव नरहेको बाउनु भयो । तिमल्सीनाले लक डाउन भन्दा पछि ग्राहाको सख्यामा समेत कमि आएको बताउनु भयो ।