घरHeadlineकालीगण्डकी नदीमा डुंगामा दुर्घटना, एक जना वेपत्ता, ३ जनाको सकुसल उद्दर

कालीगण्डकी नदीमा डुंगामा दुर्घटना, एक जना वेपत्ता, ३ जनाको सकुसल उद्दर

शोभा जिसी –


नवलपुर, २० चैत्र ।

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् ।
डुंगा चालक सहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।
बुधबार साँझ डुंगा नदीमा डुबेको हो । नदीमा डुबेर नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ बर्षीया ईशारा दरै वेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो । डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० बर्षीया महोरपा मगर फरार रहेका छन् ।
डुंगामा सवार अन्य ३ जना नवलपरासीको बुलिङटार गाउँपालिका ३ बस्ने १२ बर्षका पूर्णिमा दरै, १३ बर्षीय नम्रता दरै र ११ बर्षीय सिमा दरैका भने प्रहरीले सकुसल उद्दार गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया