घरHeadlineसेन्ट जोसेफद्वारा देबचुलीको खाद्य बैकमा ४० हजार सहयोग

सेन्ट जोसेफद्वारा देबचुलीको खाद्य बैकमा ४० हजार सहयोग

खगेन्द्र पराजुली, 
१९ चैत्र, नवलपुर । 
आज बुधवार देबचुली नगरपालिकाको खाद्य बैकमा ४० हजार रुपैया नगद जम्मा भएको छ । नवलपुरको कावोतीमा रहेको सेण्ट जोसेफ बोर्डिङ स्कुलले सो रकम खाद्य बैकमा खाद्य सामाग्री खरिद गरी बितरण गर्ने उदेश्यले प्रदान गरेको स्कुलका प्रिन्सिपल कमलप्रसाद चापागाईले जानकारी दिनुभयो ।
लकडाउनको चपेटामा परेका ज्यालामजदुरी गरी जिबिकोपार्जन गर्ने परिवार तथा अति बिपन्न परिवारमा बिहान बेलुकाकै खानपिनमा समस्या आउनसक्ने आकलनका साथ १ साता अगाडी घोषणा गरेको राहत रकम आज देबचुलीमा हस्तान्तरण गरिएको सहायक प्रिन्सीपल बिकास थापाले बताउनुभयो ।
राहत रकम देबचुली नगरपालिकाका उपप्रमुख तथा बिपत् ब्यवस्थापन समितिका संयोजक पार्वता तिवारीले ग्रहण गर्नुभएको छ । वहाँले अहिलेको यो संकटका बेला यसरी आएका सहयोगलाई खाद्य सामाग्रीमा परिणत गरी सिधै लक्षित समुदायमा पुर्याउने बताउनुभएको छ ।
यसअघि, स्कुलले कावासोती नगरपालिकाका मार्फत् लक्षित बर्गमा सहयोग गर्नका लागी ४० हजार रुपैया उपमेयर प्रेमशंकर मर्दनियालाई हस्तान्तरण गरेको थियो भने स्कुल रहेको स्थान कावासोतीको वडा नम्वर ३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठलाई  प्रदान गरेको २५ हजार रुपैयाले सोही दिन वडामा जिन्सी सामान बितरण भएको थियो ।
सुरक्षामा खटिने सुरक्षाकर्मीका लागी प्रदान गरिने २० हजार रुपैया समेत छिट्टै हस्तान्तरण गरिने स्कुलका निर्देशक देबनारायण पाण्डेले जानकारी दिनुभयो ।
स्कुलले १ लाख २५ हजार रुपैया ४० हजार देबचुली नगरपालिका, ४० हजार कावासोती नगरपालिका, २५ हजार कावासोती वडा नम्वर ३ र २० हजार संकटका बेला अहोरात्र डिउटीमा खटिएका सुरक्षाकर्मीका लागी हौसला स्वरुप भन्दै प्रदान गर्ने घोषणा गरेको थियो ।
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया