नवलपुर, चैत १९
जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनको समयमा आफुखुशी राहत बाड्न र चन्दा उठाउन नपाईने गरि कडाई गरेको भोलिपल्ट नै पाल्पा नवलपरासी सम्पर्क समाज (पानस)ले राहात वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा विपन्नहरुलाइ राहत दिने नाममा अनियमितता भएको र चन्दा उठाउने नाममा पारदर्शी नभएको भन्दै त्यस्तो कार्य नगर्न कडाइ गरेको भनियपनि पानसले कावासोति नगरपालिकाको वडा न ७ मा राहात वितरण गरेका थिए । साथै जिल्लामा विभिन्न व्यक्तिको नाममा राहत र स्वास्थ्य सामग्री वितरण समेत गरीएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पितम्वर घिमिरेले कार्यालयबाट सुचना जारी गरेदेखी कार्यालयबाट कसैलाईपनी सहयोग र राहात वितरण गर्न अनुमती नदिएको बताउनुएको छ । उहाँले जुन सुकै व्याक्ति तथा संध संस्थाले लकडाउनको समयमा राहत वा जे केही सामाग्री वितरण गर्न चाहनेले स्थानीय तह मार्फत दिन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो ,“कुनै निकाय ,संघ सस्था या व्यक्तीले सहयोग गर्न चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुहोला । ”
प्रमुख अघिकारीले कसैले प्रशासनको निर्देशन विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत बताउनु भएको छ ।
हाल देशमा देखीएको कोरना भाइरसको संक्रमण रोक्न लक डाउनको अवस्थामा दैनिक गुजार टार्न समेत असहज भएका घर परीवारलाई जिल्लाका सबै स्थानिय तहले राहात वितरण र विवरण संकलनलाई तिब्रता दिएको छ ।
कावासोती नगरपालिकाले नगर भित्रका विपन्न परीवारलाई लकडाउनको समयमा खाध्यान्न लगायतको सामाग्री वितरण गर्न ५४ लाखको विपतकोष स्थापना गरेको नगरपालिकाले राहात प्याकेजमा सहयोग गर्न चाहने विभिन्न संध संस्था तथा सहयोगी माहनुभावलाई राष्ट्रिय बाणिज्य बैक शाखा कावासोती को बैक खाता नं. ३२००३०५१९१०२ मा जम्मा गरीदिन अपील समेत गरीसकेको छ भने अन्य पालिकाले समेत राहातकोस समेत स्थापना गरेका छन ।
कोषमा हाल सम्म सेन्टजोसेफ स्कुलबाट ४० हजार नगद र कावासोती ३ निवासी मिन लामाबाट ५०० थान मास्क र १०० थान सावन प्राप्त भएको नगरपालिकाले जनाएको छ त्यस्तै विपत व्यावस्थापन कोसमा विभिन्न संध संस्था तथा व्याक्तिहरुले सहयोगका लागि सम्पर्कमा आएको कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाले मंगलबार देखी राहात वितरण शुरु गरेको छ भने कावासोती नगरपालिकाको वडा नं. ३, ५ र ७ मा यस अगी नै विभिन्न संध संस्थाको र वडाको पहलमा राहात हस्तान्तरण गरीएको थियो ।