कावासोती, चैत्र १७
कावासोती नगरपालिकाको आईतबार साँझ बसेको कार्यपालीकाको बैठकले पालिका कोरोना भाईरस नियन्त्रण गर्न कोष स्थापना गर्ने निर्णय सहित रु ५४ लाखको विपत व्यावस्थापन कोष स्थापना गरेको नगरपालीकाका उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।
नगरपालिकाको हिजो (आइतबार) सम्पन्न कार्यपालीकाको बैठकले हाललाई रु ५४ लाख को विपत व्यावस्थापन कोष स्थापना गरेको जनाएको छ । नेपाल राष्ट्रिय बाणिज्य बैक कावासोती शाखाको खाता नं. ३२००३०५०१९१०२ खोलीएको बताईएको छ । साथै उक्त कोषमा विभिन्न संध संस्थाबाट प्राप्त सहयोग रकम समेत सोही कोषमा राखीने र विपत व्यावस्थापनमा खर्च गरीने बताईएको छ ।
विपत व्यावस्थापन कोषमा कुनै संघ सस्था वा ब्यक्तिहरुले सहयोग गर्न चाहेमा नगरपालिका को नाममा रहेको बिपत ब्यवस्थापन कोष रा.बा.बैङ्क हिसाब नम्बर ३२००३०५०१९१०२ मा सहयोग गरिदिनु हुन अनुरोध समेत गरेको छ ।
नगरपालिक भित्र कोरना भाइरस नियन्त्रणका लागी आवश्यक औषधी तथा उपकरणखरिद , नगरपालिका भित्र नेपाल सरकारद्धारा आह्वान गरीएको लकडाउनको समयमा समेत कार्यरत स्वास्थ्यकर्मी, नगर प्रहरी , कर्मचारि लाई अतिरिक्त समय काम गरे बापत प्रोत्साहन भत्ता, क्वारेन्टाइन मा बसेका नागरिक लाई खानाको ब्यवस्था, नगरस्तर बाट बनाईयका क्वारेन्टाइन खर्च ,अति बिपन्न जसको ज्याला मजदुरिबिना साँझ बिहान समेत छाँक टार्न समस्यामा परेका नगरबासीको लागी खाध्यान्न व्यावस्थापन गर्ने गरी उक्त रकम विनीयोजन गरीएको नगरपालीकाका उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।
कावासोती नगरपालिका भित्र बिपत ब्यवस्थापनको भैपरि आउने खर्चलाइ रकमान्तर गरी विपत व्यावस्थापन कोष स्थापना गरीएको छ । समितिको संयोजकमा उप प्रमुख मर्दनिया, वडा अध्यक्षहरु लक्ष्मी पौडेल, हेमु पाण्डे, सारदा अधिकारी र देवनारायण महतो रहेको ५ सदस्यीय समिति गठन गरीयको हो ।