घरनवलपुर सेरोफेरोकावासाेति वडा न ६ द्वारा विपन्न परिवारलाई खाध्यान्न वितरण

कावासाेति वडा न ६ द्वारा विपन्न परिवारलाई खाध्यान्न वितरण

कावासाेति, चैत्र १६
नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्वर ६ ले आफ्नो वडा भित्रका १ सय ३८ विपन्न घर परिवारलाई खाध्यान्न सहयोग गरेको छ । वडा कार्यालयले वडा भित्रका दैनिक ज्याला मञ्जदुरी गरि जिविको पार्जन गर्दै आएका १ सय ३८ घर परिवारलाई चामल,दाल,तेल, नुन, सावन र मास्क वितरण गरिएको वडा अध्यक्ष हेमुप्रसाद पाण्डेले जानकारि दिनु भयो । तिन जनाको परिवार र चार जना भन्दा वढि परिवार सदस्य भएको स्तरिकरण गरि खाध्यान्न वितरण गरिएकाे वडा अध्यक्ष पाण्डेले जानकारी दिनु भयो । वडाको प्रगति टोलमा रहेका दलित, विपन्न परिवारलाई लकडाउनको समयमा दुई छाक खानाको जोहो गर्न समस्या नपरोस भनि खाध्यान्न सहयोग गरिएको अध्यक्ष पाण्डेले वताउनु भयो । कावासोती नगरपालिका वडा नम्वर ६ को बैठकले वडा भित्रका गरिव विपन्नलाई सहयोग गर्ने निर्णय गरि खाध्यान्न सहयोग गरिएको वडा सदस्य दुर्गा प्रसाद गैरेले वताउनु भयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया