घरHeadlineकाेरना : दैनिक ४ घण्टा अत्यावश्यक पसल खोल्ने , कालाबजारी नगर्न नवलपुर...

काेरना : दैनिक ४ घण्टा अत्यावश्यक पसल खोल्ने , कालाबजारी नगर्न नवलपुर उबासंघको आग्रह ( बिज्ञप्ति सहित)

कावासोती , चैत्र १६

अत्यावसेक सामाग्री खरिद बिक्रीका लागि दैनिक ४ धण्टा पसल खाेल्न नवलपुर उघाेग बाणिज्य सघकाे अपिल।

नवलपुर उद्योग बाणिज्य संघले अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको बिक्रिवितरण विहान ७ बजे देखि ९ बजेसम्म र साँझ ५ बजे देखी ७ बजे सम्म मात्र गर्न व्यावसायिहरु संग अनुरोध गरेको छ । संघले जिल्ला प्रशासन कार्यलय नवलपुर संगको समन्वयमा यस्तो आग्रह गरेको जनाएको छ । संघका अध्यक्ष डासुराज पोखरेल र महासचिब बैकुण्ठ प्रसाद अर्यालले आज एक सुचना जारी गर्दै आफु र उपभोक्ता दुवैको सुरक्षाका लागि माक्स, सेनिटाइजर, ग्लोव लगायतका सेफ्टी उपकरणहरुको प्रयोग गरी सुरक्षितभएर मात्र गर्नु गराउनु हुन समेत अनुरोध गरिएको छ ।
संघले पसलको अगाडी भिडभाड नगर्ने नगराउने साथै उपभोक्तालाई आफ्ने ब्यवसाय वा पसलको अगाडी घेरावार गरीबपालैपालो आई सामग्री खरिद विक्रिगर्ने ब्यवस्थामिलाउनु हुन आग्रह गरेको छ ।
संघका अध्यक्ष पोखरेलले सामग्रीको कृतिम अभाव सृजना गर्ने र अधिक मूल्यमा विक्रि वितरण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँले उपभोक्ता बर्गले पनि आवश्यकता भन्दा बढी सामग्री खरिद गरी भण्डारण गर्ने र बजारमा कृतिम अभाव सृजनागर्ने कार्य नगर्न अनुरोध गर्नुभयो ।
संघका महासचिब अर्यालले खुद्रा विक्रेतालाई थोक विक्रेताले महंगो मूल्यमा बेच्ने र खुद्राब्यापारीले थोक खरिद बढीभएको भनि भ्रम सृजना नगर्न अनुरोध गर्नुभयो । उहाँले यदी विदेशबाटआफ्नो छिमेक वाटो टोलमा कोही आएको वा अपरिचित कुनै ब्यक्तिघुमिरहेको थाहापाएमा सम्वन्धित वडा अध्यक्ष वा जनप्रतिनिधिलाई जानकारी गर्नु गराउनु हुन आग्रह गर्नुभयो ।
संघले कोरोनाको संकास्पद विरामी या तोकिएको क्वारेन्टाइनमा बसेको अवस्थामा विरामीको आर्थिक अवस्था कमजोर भै खाद्यान्न तथा खानाको ब्यवस्था गर्न नसक्ने भएमा निजलाई खानाको ब्यवस्थापन नवलपुर उद्योग बाणिज्य संघमार्फत गरिने जनाएको छ । संघले ज्यालामजदुरी गरी खाने, आर्थिक रुपले अतिविपन्न परिवारको चुल्लो बाल्ने कार्यमा सहयोग गर्न इच्छुक ब्यक्ति वा संस्थाहरुलाई हातेमालो गरी अगाडीबढ्न समेत आब्ह्वान गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया