सागर पाेखरेल

चैत्र १६, नवलपुर
नवलपरासी वर्दघाट सुस्ता पूर्व नवलपुर जिल्ला प्रशासनले लकडाउनको समयमा जिल्लामा अलपत्र परेका श्रमिकलाई उद्धार गर्ने स्थानिय निकाय सग छलफल पछि स्थानिय तहहरुले जिल्ला बाहिर स्थायि बसाेवास गर्ने राेजगारिमा नवलपुर जिल्ला अाएका मजदुरहरुलाई गृह जिल्ला पठाउन थालेको छ । कामको शिलशिलामा नवलपुर आएका र गृह जिल्ला जान चाहाने श्रमिकलाइ ठेकेदारले सवारीसाधनको ब्यवस्था गर्ने र जिल्ला प्रशासन कर्यालयले सवारी पासको ब्यवस्था गरि कावसाेति नगरपालिकाबाट उद्धार गरि ४९ जनालाई गृहजिल्ला पठाइएकाे कावासाेति नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया थारुले जानकारि दिनुभयाे ।
कावासाेति नगरपालि भित्र निर्माण गर्न लागिएकाे नगरपालिकाकाे भवन निर्माण र नगर भित्रका अन्य मजदुरहरु गरि ४९ जनालाई उद्वार गरि पठाईएकाे मर्दनियाले बताउनुभयाे ।
उहाँले अाजै नगरपालिका भित्र रहेका ईट्टा उधाेगमा काम गर्ने १९० जनालाई समेत गृह जिल्ला पठाउने तयारि भईरहेकाे जानकारि दिनुभयाे ।
मकवानपुर, बारा, पर्सा, लगाएतका जिल्लाबाट र भारतबाट समेत ज्वालादारिमा काम गर्न नवलपुर आएका श्रमिक पैदल हिडेर आफ्नो गृह जिल्ला जान लागेपछी नवलपुर प्रशासन सगकाे सहकार्यमा नगरपालिकाले समन्वय गरि आईतवार श्रमिकको उद्धार गरि गृहजिल्ला पठाईएकाे र अन्यलाई पठाउने तयारि गरिएकाे मर्दनियाकाे भनाई थियाे । सरकारले लक डाउनकाे सिमा बढाउन लागे सगै राेजगारिका लागि अाएका मजदुरहरु घर फर्कनेकाे सख्यामा बृद्धि अाउन थालेकाे समेत उहाँको भनाई थियाे ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार हाल सम्म करिव २ सय ५० जना श्रमिक जिल्ला छोडेर गैसकेको जनाउदै बाँकी रहेका करिव एक हजार देखि १२ सय श्रमिकलाई उनिहरुको सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरि पठाउन लागिएको घिमिरेले बताउनुभयो ।
नवलपुरको ईट्टा उघाेग, काली गण्डकी करिडोर, हेटौडा–बर्दघाट प्रशारण लाईन, नारायगढ बुटवल सडक निमार्ण लगाएतका आयोजनामा काम गर्दै आएका दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिकलाई उनिहरुको चाहाना अनुरुप गृह जिल्ला पठाउन लागिएको हो ।
उनिहरुलाई नवलपुर जिल्लाबाट पठाईसकेपछी पनि १४ दिन उनिहरुकै जिल्लामा क्वारेन्टाइनमा राखिने ब्यवस्था मिलाईएको बताउनु भयाे ।