नारायण शर्मा
चैत्र ,२५
अधिर्ल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा संक्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जना मध्य ७ फेला नपरेर प्रशासन हैरान परेको छ ।
नवलपरासी घर रहेका ८ जना मध्ये १ जनाको घर पत्ता लागेको छ । उनिहरुको पासपोर्टमा लेखिएको ठेगानामा उनिहरु पत्ता नलागेपछि प्रशासन हैरानीमा परेको छ । ८ जना पुरुष हुन ।
त्यहि जहाजमा आएका एक पुरुषको स्वास्थ्य परिक्षणको नतिजामा गत बुधवार कोरोना संक्रमण भएको पुष्टि भएपछि गृह मन्त्रालयले पठाएको बिबरणका आधारमा उनीहरुको खोजि शुरु भएको हो ।
शनिवारसम्म एक जना फेला परेको र उनी आफनै घरमा सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए ।
गृहले पठाएको नामावलीका अनुसार प्रहरीलाई खोजतलाश गरेर पत्ता लगाउन जिम्मा दिइएको जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माले जानकारी दिए ।
उनीहरु गत चैत्र ६ गते दुबइको सारजहा एअरपोर्टवाट एअर अरेयिबा एअरलाइन्सको जी ९५३७ बिमानवाट काठमाण्डौ आएका थिए । त्यो बिमानमा १६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए ।