-१४ नवलपुर ।
नगरकार्य पालिका र काेरना भाईरस राेकथाम समितिकाे निर्णय अनुरुप कावासाेति नगरपालसकाकाे १७ बटै बडामा क्वारेन्टाइन निर्माण कार्य अगाडि बढेकाे छ ।
नगरपालिकाकाे वडा न १,२,४,५,६,१५,१७ मा क्वारेन्टाइन निर्माण गरिसकियकाे छ ।
कावासोती १७को सरस्वति मा वि पाँच शैय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ।
कावासोती १७ मा भेटिएका कोरोनाका शंकास्पद बिरामीलाई सुरक्षा सहित प्राथमिक उपचार दिने उद्देश्यले क्वारेन्टाइन कक्ष निर्माण गरिएको वडाध्यक्ष छविलाल महताेले जानकारी गराउनु भयो।
पछिल्लो समय भारत लगाएत अन्य देशबाट फर्किएका नागरिकमा यस्ता किसिमका लक्षण बढी देखिएको हुँदा उनीहरुको खोजी गरि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको अध्यक्ष महताेले बताउनु भयो। यस्तै क्वारेन्टाइन निर्माण गरिईकाे सबै वडा कार्यालयमा सेवा सुविधा प्रदान गरिएकाे उप प्रमुख प्रेमशकर मर्दनियाले बताउनु भयाे । साथै बडा न ३ काे कुमारि अस्पताल र १६ काे जिल्ला अस्पतालबाट सेवा लिन सकिने बताउनु भयाे ।
आफ्ना घर वरिपरि कोहि पनि बाहिरी मुलुकबाट आएका वा अत्यधिक ज्वरो आएर पनि रोग लुकाएर बसेका कोहि व्यक्ति भेटिएमा तुरुन्त सम्बन्धित निकायमा खबर गरिदिन अध्यक्ष महताेले सबैलाई अनुरोध गर्नु भएको छ।क्वारेन्टाइनमा बस्ने जो कोहिलाई पनि खानाको नि: शुल्क व्यवस्थापन वडाबाट मिलाइएको र नियमित स्वास्थ्यकर्मी बाट स्वास्थ्य जाँच गरिने व्यबस्था समेत मिलाइएको हुँदा शंकास्पद बिरामीले क्वारेन्टाइनको सुबिधा लिन सकिने महताेले जानकारी दिनुभयाे ।