घरHeadlineदुईवटा स्कुटर ठक्कर खाँदा एक बालककोे ज्यान गयाे

दुईवटा स्कुटर ठक्कर खाँदा एक बालककोे ज्यान गयाे

खगेन्द्र पराजुली, 
१० चैत्र, नवलपुर । 
पुर्बपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुईवटा स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा परी एक बालककोे ज्यान गएको छ ।
पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना.४४ प.४६२ नम्वरको स्कुटर र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु.४८ प.११३० नम्वरको स्कुटर आज एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि कावासोती ३ अठ्ठाईस बिगाहाका अन्दाजी ६–८ बर्षका बालक जिवन तामाङको ज्यान गएको हो । भने स्कुटरमा सवार अठ्ठाईस बिगाहाकै बर्ष २५ का अमन तामाङ र १६ बर्षका अनुप तामाङ घाईते भएका छन् ।
उनीहरु ना.४४ प.४६२ नम्वरको सकुटरमा सवार थिए ।
त्यस्तै, अर्को लु.४८ प.११३० स्कुटरमा सवार हुप्सेकोट गा.पा.१ बेलुवा बस्ने बर्ष ३९ को ओम नारायण महत्तो र निजको छोरा बर्ष अन्दाजी १३ को समिर महत्तो पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाईते बावुछोराको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागी पुर्याईएको प्रहरीले बताएको छ ।
मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते अमन र अनुपको एलाईफ अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
घटनाको स्थलगत अनुसन्धानपछि प्रहरी अन्य अनुसन्धानमा जुटेको छ ।
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया