सागर पोख्रेल
चैत्र ८
सयपत्रि हरीयाली सामुदायिक वन उपभोक्ता समुहका कावासोती–१४ र १६ का नव निर्वाचित पदाधिकारीहरुलाई सनिबार पदास्थापन तथा प्रमाण–पत्र हस्तान्त्रण गरेको छ ।
गत फागुन १० गते देखी शुरु भएको निर्वाचन प्रक्रिया सनिबार धोषणा गरी सम्पन्न गरीएको निर्वाचन समितिका संयोजक केदार घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनिसार वन समुहको अध्यक्षमा बाग बिर सुनार , उपाध्यक्षमा श्याम बहादुर श्रेष्ठ , सचिबमा गोमा पौडेल आचार्य, कोषाध्यक्षमा भोज बहादुर थनेत, स–सचिवमा धन कुमारी थनेत, सदस्यहरुमा बसन्त बहादुर गौतम, मुना देवी लम्साल, मन बहादुर महतो, लोक माँया महतो, कविराम सुनार, हिरादेवी खत्री, पुतला गिरीर बिन्दु बि.क. निर्वाचित भएको बताउनुभयो ।
पदाधिकारीमा सर्ब सम्मत गठन भएको भएपनि क्लष्टर अन्र्तगत भने मतदान प्रक्रिया मार्फत सदस्य चयन गरीएको थियो ।