सागर पोख्रेल
चैत्र ७
पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाबाट बिहिबार प्रहरीले ठुलो परिमाणमा हतियार तथा गोलि बरामद गरेपछि आज नवलपुर जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो नै पक्राउ गरीएको भएपनी आज बरामद गरीएको सामग्री सहित आज पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरीएको होे ।
प्रहरीले हुप्सेकोट गाँउपालीका – २ चपाहा बस्ने वर्ष ६३ को तारा बहादुर बि.क.को घरमा हिजो ठुलो परीमाणमा हतियार बरामत गरेको हो ।
गोप्य सुचनाको आधारमा प्रहरीले छाँपा मार्दा विश्वकर्माको घरको कोठा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा हात हतियार तथा गोली फेला परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख दिपक रेग्मीले जानकारी दिनुभएको छ ।
प्रहरीले निज तारा बहादुर बिश्वकर्मा सहित भरुवा बन्दुक २ थान , एयर गन १ थान,Auto Pistol Made in USA – 9 MM SRunno 100 एक थान, पेस्तोलको गोली ५ राउण्ड, एस एल आर गोली २ राउण्ड, थ्रि नट थ्रि राईफल १ राउण्ड, एम १६ गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका थान २, पुरानो कट्टा पेस्तोलको पार्ट पुर्जाहरु र घोडा चाप तथा अन्य पार्ट पुर्जाहरु समेत बरामत गरेको प्रमुख दिपक रेग्मीले जानकारी दिनुभएको छ । नियन्त्रणमा लिएका तारा बहादुर बि.क.लाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
बरामद हतियार सामाग्रीको भिडियो
https://www.facebook.com/sfmkst/posts/516294945977438