घरHeadlineनवजागरण बहुमुखि क्याम्पसद्वारा संचालित महायज्ञकाे अाय व्याय सार्वजनिक

नवजागरण बहुमुखि क्याम्पसद्वारा संचालित महायज्ञकाे अाय व्याय सार्वजनिक

सागर पाेखरेल
चैत्र ६ गते, मध्यविन्दु

नवजागरण बहुमुखि क्याम्पसद्वारा पुस २७ देखि माघ ६ गते सम्म संचालित श्रिमद् भागवत पितृमाेक्ष एवम् धनध्यान्यान्चल विराट महायज्ञमा संकलित महायज्ञकाे अाय व्याय अाज ( बिहिबार) सार्वजनिक गरिएकाे छ ।
महायज्ञमुल अायाेजक समिति संयाेजक, चेतनाथ अघिकारिकाे अध्यक्ष्ातामा क्याम्पस व्यावस्थापन समिति संयाेजक तुलसि तिवारि, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख , महायज्ञका प्रमुख संरक्षक बिष्णु कार्कि सहितकाे उपसमिति संयाेजकहरु सहितकाे उपस्थितिमा अाय व्याय सार्वजनिक गरिएकाे थियाे ।
महायज्ञमा सस्थागत तथा व्याक्तिगत प्रतिवद्धताबाट रु २ कराेड, ४४ लाख ७२ हजार५२९ , छात्रवृत्ति काेष स्थापनाबाट ५२ लाख, सासदकाेष ( तिलक महत) बाट २१ लाख, स्थानिय पालिकाबाट रु १ कराेड ४५ लाख र विविध ४ कराेड, ६२ लाख, ७२ हजार ५२९, नगदि रसिद र चेकबाट रु १ कराेड, ४७ लाख, ४३ हजार ३२८ सहित जम्मा रु ६ कराेड २४ लाख ७५ हजार २० रुपैया अाम्दानि र ९१ लाख १६ हजार ५७२ खर्च भएकाे र महायज्ञबाट ५ कराेड ३३ लाख ५८ हजार ४४८ बचत गरेकाे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे थियाे ।
महायज्ञमा केदारनाथका पिठाधिस जगतगुरु शिवाचार्य महाराज र कालिबाबा काे विशेष उपस्थिति र पण्डित नेत्र प्रसाद पराजुलिकाे मुख्य बाचनमा सम्पन्न भएकाे थियाे । विशेष उपस्थित रहनुभएका जगतगुरु महाराज र काली बाबा बाट १/१ बटा सुविधा सम्पन्न भवन बनाईदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे थियाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया