घरHeadlineसेन्ट जोसेफ स्कुलद्धारा विद्यालयमानै लेजर थर्मो मिटरबाट स्वास्थ्य परीक्षण

सेन्ट जोसेफ स्कुलद्धारा विद्यालयमानै लेजर थर्मो मिटरबाट स्वास्थ्य परीक्षण

रेडियो सामर्थ्य, कावासोती, चैत्र ५

सेे

विश्वव्यापी महामारीको रुप लिएको कोरना भाईरस (कोभिड १९)का ाकरण नेपाल सरकारद्धारा सबै शौक्षिक संस्थालाई कार्यक्रमहरु स्थगन गरी चैत्र ५ गते भित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिई रहदा पुर्वी नवलपुरको कावासोतीमा रहेको कावासोती सेन्ट जोसेफ स्कुलले भने आफ्ना विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर गर्दे विद्यार्थीको मनोवल बढाउन उदेश्यका साथ जिल्लामा नै पहिलो पटक शौक्षिक संस्थाले लेजर थर्मो मिटर खरीद गरी विद्यालय परीसरमा नै विद्यार्र्थीहरुको तापक्रम मापन गरेको छ ।
विद्यालयले कोरना सम्वन्धि सचेतना स्वरुप मास्कको प्रयोग र विद्यालय प्रवेश, मध्यान्न र शौचालय तथा खाना, खाजा खानु अगी हात धुन अनिवार्य गरेकोछ ।
विद्यालयका प्रिन्सीपल कमल चापागाईका अनुसार विद्यालय पढ्न आएका एक बिद्यार्थीमा रोगको सक्रमण देखीए अन्य विद्यार्थीहरुमा प्रभाव नपरोस भन्ने उदेश्यका साथ विद्यालयले नै लेजर थर्मो मिटर खरीद गरी आफ्ना वालबालिकाको स्वास्थ्य परीक्षण गरीएको बताउनु भयो । साथै प्रिन्सपल चापागाईले विद्यार्थीहरुमा कोरना भाईरसले मनोबैज्ञानीक असर नगरोस भन्ने उदेश्यका साथ विद्यालयले मेजर थर्मो मिटरबाट शारीरिक तापक्रम मापन, मास्को प्रयोग र हातधुने बानी बसालेको बताउनु भयो ।
नवलपुर जिल्ला शिक्षा ईकाइले एसईई परीक्षा दिने विद्यार्थीलाई समेत हरेक केन्द्रमा निशुल्क मास्क, सेनेटरी प्याड र कलमको व्यावस्था गरेको जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया