घरHeadlineकावासोतिमा मास्क अभाव भटियो, ग्यास अभाव नरहेको अनुगमन समिति भनाई

कावासोतिमा मास्क अभाव भटियो, ग्यास अभाव नरहेको अनुगमन समिति भनाई

सागर पोख्रेल
नवलपुर जिल्लाको सदरमुकाम कावासोतिमा मास्क अभाव भटिएको छ ।
कावासोति नगरपालिकाद्वारा आज गरिएको अनुगमनको क्ममा यस्तो पाईएको हो ।
मंगलबार कावासोतिको ४ बटा औषधि पसलमा गरीएको अनुगमनमा कुनै पनि औषधि पसलमा मास्क फेला नपरेको कावासोति नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागिरा स्वास्थ शाखा प्रमुख कृष्ण प्रसाद नागिलाले बताउनु भयो । उहाँका अनुसार अनुगमन गरिएको औसधि पसलहरुमा खरिद गरिएको मास्क जति बित्रि भएको र मास्क विक्रेता सग माग गरेपनि माग बढि भएकाले आपुर्ति गर्न नसकेकाले औषधि पसलहरुले मास्क बिक्री गर्न नपाएको गुनासो गरेको स्वास्थ्य प्रमुख नागिलाले बताउनु भयो ।
यस्तै कावासोति नगरपालिका अनुगमन शाखा संयोजक शुशिला तिमल्सिनाले बजारमा ग्यासको अभाव नभएको बताउनुभयो । संयोजक तिमल्सीनाले आज गरीएको बजार अनुगमनका क्रममा पसलहरु नगरपालिकामा दार्त तथा नविकरण नगरेको पाईएको बताउनुभयो ।
उहाँले बाह्य हल्ला आएजस्तो सिलिण्डर ग्यास भने अभाव नभएको पाईएको बताउनुभयो ।
कोरोना भाईरसको संक्रमण फैरिरहदा बजारमा कारोबाजारी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, कावासोती नगरपालिका, नवलपुर उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंच लगाएतको सकृयतामा बजार अनुगमन भएको हो ।
कावासोतीती बासीहरुले मुखमा लगाउने मास्क बाहेक , ग्यास सप्लार्यस डिलर, अस्पताल, मेडिकल, खाध्यान्न पसलको अनुगमन भएको छ । अनुगमनका क्रममा बजारमा सामानको कृतिम अभाव नरहेपनि उपभोक्ताले आवश्यकता अनुसारको दैनिक उपभोग्य सामाग्री खरीद गर्न पाएका बजारमा सिलिन्डर ग्याँस, नुन, तेल लगाएतका समाग्री प्रर्याप्त मात्रामा रहेको समेत रहेको अनुगमन कर्ताहरुको दाबी छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया