सागर पाेखरेल
कावासाेति, चैत्र २
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रवेशिका परीक्षा (एसईई)का परीक्षार्थीहरुका लागि मास्क वितरण गरिएकाे छ । साथै बिध्यार्थिहरुलाई सेनिटरी प्याड र कलमको व्यवस्था गरिने भएको छ ।
विश्वभर महामारिकाे रुपमा देखिएकाे काेरना भाईरसकाे शुरक्षाकाे लागि बिध्यार्थिहरुलाइ मास्क वितरण गरीएकाे राेटरि क्लव अफ कावासाेति का अध्यक्ष एवम् रेडियो सामर्थ्यका अध्यक्ष भरत शर्मा पाेखरेलले जानकारि दिनुभयाे ।
परिक्षार्थिलाई काेरना भाईरसकाे सक्मण बाट जाेगिन रेटरि क्लव अफ कावासाेतिले एस ई ई दिने बिध्यार्थिहरुलाई निशुल्क मास्क वितरण गरीएकाे क्वव तथा रेडियो सामर्थ्यका अध्यक्ष भरत शर्मा पाेखरेलले जानकारी दिनुभयाे ।
शिक्षा विकास तथा समन्वय एकाइले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको एकाइले जनाएको छ ।
रोटरी क्लब कावासोतीले २० हजार रुपियाँ बराबरको मास्क उपलब्ध गराएको छ ।
एकाइ प्रमुख कृष्णचन्द्र पोरखेलले परीक्षा केन्द्रलाई परीक्षा र बालमैत्री बनाउने उद्देश्यले न्यूनतम आवश्यकताका साधन उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार महिनावारी भएका छात्रालाई निःशुल्क प्याड, रुघा खोकी लागेका विद्यार्थीलाई मास्क र लेख्दालेख्दै कलमको मसी सकिएमा वा बिग्रिएमा कलम उपलब्ध गराउने व्यवस्था गरिँदैछ ।
एकाइले प्याडका लागि स्थानीय जागृति बाल तथा युवा सरोकार नेपालसँग आग्रह गरेपछि ४० हजार रुपियाँ बराबरको महिनावारी प्याड प्राप्त गरेको छ । हरेक छात्रालाई सरदर दुईवटा पुग्ने गरी महिनावारी प्याड व्यवस्था गरिएको छ ।
त्यस्तै पुस्तक तथा स्टेसनरी महासंघ नवलपुरले १५ हजार रुपियाँ बराबरको कलम उपलब्ध गराएकाे जिल्ला शिक्षा एकाइ प्रमुख पोखरेलले कुल परीक्षार्थीको ३८ प्रतिशतलाई पुग्ने गरी कलम र आठ प्रतिशतलाई पुग्ने गरी मास्कको व्यवस्था गरिएको जानकारी दिए । “बजारमा मास्क धेरै खोजी गर्यौँ । तर उपलब्ध हुन सकेन । सबै परीक्षार्थीलाई अनिवार्यरूपमा मास्क लगाउन भनेका छौँ । कसैकसैले बिर्सिएको वा किन्न नसकेको अवस्था पनि रहन्छ । उनीहरुका लागि परीक्षा केन्द्रमा नै मास्क उपलब्ध हुने छ” उनले भने ।
चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा नवलपुर केन्द्रमा २५ परीक्षा केन्द्र कायम गरिएको छ । उत्तिनै संख्यामा केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३३० जना परीक्षा सहायक, ६६ जना कार्यालय सहयोगी १३३ र सुरक्षाकर्मी २५० जना परिचालित गरिने भएको छ । नियमिततर्फका छ हजार ४६५ र एक्जाम्टेडतर्फका ११० गरी कुल छ हजार ५७५ जना परीक्षार्थी रहनेछन् । तीमध्ये छात्रा तीन हजार ३३६ रहेका छन् ।
केन्द्राध्यक्षहरूकाे अभिमुखीकरण कार्यक्रममा अाईतबारनै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, नवलपुर शाखाका अध्यक्ष रविन्द्र न्याैपानेले प्रत्येक केन्द्रमा १००/१०० प्रति पुग्ने गरी २५०० वटा कलम हस्तान्तरण गरेेकाेे थिए।