कावासोती, चैत्र २
पुर्वी नवपरासी कावासोती न.पा. वडा नं. १६ तिनघरे र देवचुली बाट गयराती २ जना युवकलाई लागु औषध सहित पक्राउ गरेको छ ।
प्रहरी सनिबार राती चेक जाँचको क्रममा जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका–९ घर भई हाल चितवन भ.म.न.पा. वडा नं. १६ बस्ने बर्ष २४ को कृष्ण सुवेदीको साथबाट लागु औषध नाईट्राभेट १० लेखिएको ५१ ट्यावलेट र प्रयोग नभएको सिरिन्ज ३ वटा सहित पक्राउ गरेको हो ।
यस्तै सनिबार राती नै पुर्वी नवलपरासीको देवचुली न.पा. वडा नं. २ मा प्रहरीले चेक जाँचको क्रममा काठमाण्डौ बस्ने बर्ष ३४ को सविन महतको साथबाट डाईजापेम २५ एम्पुल,फेनारगन २५ एम्पुल र नुर्फीन २५ एम्पुल गरी ७५ एम्पुल लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।