घरHeadlineनेकपाको तिन महिने अभियान शुभराम्भ

नेकपाको तिन महिने अभियान शुभराम्भ

सागर पोख्रेल
चैत्र १ गते
नेकपा नवलपुरद्धारा पाटी एकता तथा जन–सम्वन्ध विस्तार तिन महिने अभियान सनिबार देखी शुभराम्भ गरेको छ ।
नेकपा नवलपुरद्धारा आयोजीत उक्त अभियानमा बोल्दै नेकपा गण्डकी प्रदेशका सचिब तथा केन्द्रिय सदस्य गोविन्द नेपालीले अभियानको शुभराम्भ गर्नुभएको थियो ।
अभियानको शुभराम्भ गर्दै नेता नेपालीले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपालीले क्रान्तिको उपलब्धि जोगाउनको निम्ति यो अभियानको आवश्यक परेको बताएका थिए । पार्टीको नयाँ कार्य दिशालाई अगाडी बढाउन, पार्टी भित्रको गुट उपगुट हटाउनको निम्ति पनि अभियानले काम गर्ने बताएका छन् । पार्टीका राम्रा कामको प्रचार गर्न र आन्तरिक रूपमा नघुलिएका मनहरूलाई घुलित गर्नका निम्ति यो ३ महिने अभियानले काम गर्ने बताएका छन् ।
पार्टी एकता र लामो समय देखी नेतृत्व पंति जन सम्पर्कमा जान नसकेको अवस्था र सरकारले गरेका सकरात्मक कार्यको सन्देश दिन अभियान फलदायी हुने बताउनुभयो ।
अभियान शुभराम्भको अवसरमा बोल्दै संघीय सांसद समेत रहेका महतले जिल्लामा रहेको सुकुम्बासी समस्याको काम, त्रिवेणी भन्सारको काम, कालीगण्डकी करिडोरको काम, फलामखानीको काम, २ बर्ष भित्र जिल्लाका सबै ठाउँमा बिजुली पुर्याउने काम र हुलाकी मार्गको कामलाई उच्च प्राथमिकताका साथ सरकारले काम गरिरहेको बताएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य किशन शर्माले पार्टीलाई बलियो बनाउन र पार्टी एकतालाई सुदृढीकरण गर्न टोल टोल र घर घरमा पुग्ने बताएका थिए । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रविन्द्र अधिकारी, नवलपुर जिल्ला अस्पतालका अध्यक्ष गोपाल खनालले कोरानाबाट बच्ने उपाय बताएका थिए ।
अभियानको उद्धाटनको अवसरमा जनश्रम गरेर सदरमुकाम सरसफाई गर्ने पूर्वघोषित कार्यक्रमलाई स्थगित गरेर कोरोना विरूद्धको अभियानलाई जनचेतना फैलाउने अभियानको रूपमा यो कार्यक्रम गरिएको थियो । कोरोनाबाट जोगिने उपाय सहितको हाते पुस्तिका र पार्टी एकता सुदृढीकरण तथा जन सम्बन्ध बिस्तारको कार्यतालिका सहितको पर्चा बनाएर टोल टोल र घर घरमा पुग्ने घोषणा गरिएको थियो ।

अभियानमा कोरना सचेतना
नेकपा नवलपुरद्धारा पाटी एकता तथा जन–सम्वन्ध विस्तार अभियानको शुभराम्भ कार्यक्रममा विश्वभर देखा परेको कोरना भाईरसको विषयले समेत स्थान पाएको छ ।
पाटी एकता र सरकारले गरेका कामहरुको जानकारी र जन सम्पर्क विस्तार अभियानमा नेकपा जिल्ला सदस्य तथा मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले कोरना भाइरसको नेपालमा उच्च जोखीम रहेको भन्दै जोखीमबाट बच्नका लागी अपनाउनुपर्ने सावधानीका बिषयमा जानकारी समेत गराउनु भएको थियो ।
अभियानको शुभराम्भमा नोवेल कोरना भाइरस सम्वन्धि हाते पुस्तीका समेत प्रकाशन गरी वितरण गरीएको छ । आम नागरीकमा कोरना भाईरसको त्रास सृजना भएकोले कोरना भाईरसको बारेमा जानकारी दिन सचेतना मुलक हाते पुस्तीका प्रकाशनमा ल्याएको नेकपा नवलपुरका अध्यक्ष रोशन बहादुर गाहाले जानकारी दिनुभयो ।

सागर पोख्रेल
चैत्र १ गते
नेकपा नवलपुरद्धारा पाटी एकता तथा जन–सम्वन्ध विस्तार तिन महिने अभियान सनिबार देखी शुभराम्भ गरेको छ ।
नेकपा नवलपुरद्धारा आयोजीत उक्त अभियानमा बोल्दै नेकपा गण्डकी प्रदेशका सचिब तथा केन्द्रिय सदस्य गोविन्द नेपालीले अभियानको शुभराम्भ गर्नुभएको थियो ।
अभियानको शुभराम्भ गर्दै नेता नेपालीले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपालीले क्रान्तिको उपलब्धि जोगाउनको निम्ति यो अभियानको आवश्यक परेको बताएका थिए । पार्टीको नयाँ कार्य दिशालाई अगाडी बढाउन, पार्टी भित्रको गुट उपगुट हटाउनको निम्ति पनि अभियानले काम गर्ने बताएका छन् । पार्टीका राम्रा कामको प्रचार गर्न र आन्तरिक रूपमा नघुलिएका मनहरूलाई घुलित गर्नका निम्ति यो ३ महिने अभियानले काम गर्ने बताएका छन् ।
पार्टी एकता र लामो समय देखी नेतृत्व पंति जन सम्पर्कमा जान नसकेको अवस्था र सरकारले गरेका सकरात्मक कार्यको सन्देश दिन अभियान फलदायी हुने बताउनुभयो ।
अभियान शुभराम्भको अवसरमा बोल्दै संघीय सांसद समेत रहेका महतले जिल्लामा रहेको सुकुम्बासी समस्याको काम, त्रिवेणी भन्सारको काम, कालीगण्डकी करिडोरको काम, फलामखानीको काम, २ बर्ष भित्र जिल्लाका सबै ठाउँमा बिजुली पुर्याउने काम र हुलाकी मार्गको कामलाई उच्च प्राथमिकताका साथ सरकारले काम गरिरहेको बताएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य किशन शर्माले पार्टीलाई बलियो बनाउन र पार्टी एकतालाई सुदृढीकरण गर्न टोल टोल र घर घरमा पुग्ने बताएका थिए । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ररविन्द्र अधिकारी, नवलपुर जिल्ला अस्पतालका अध्यक्ष गोपाल खनालले कोरानाबाट बच्ने उपाय बताएका थिए ।
अभियानको उद्धाटनको अवसरमा जनश्रम गरेर सदरमुकाम सरसफाई गर्ने पूर्वघोषित कार्यक्रमलाई स्थगित गरेर कोरोना विरूद्धको अभियानलाई जनचेतना फैलाउने अभियानको रूपमा यो कार्यक्रम गरिएको थियो । कोरोनाबाट जोगिने उपाय सहितको हाते पुस्तिका र पार्टी एकता सुदृढीकरण तथा जन सम्बन्ध बिस्तारको कार्यतालिका सहितको पर्चा बनाएर टोल टोल र घर घरमा पुग्ने घोषणा गरिएको थियो ।

अभियानमा कोरना सचेतना
नेकपा नवलपुरद्धारा पाटी एकता तथा जन–सम्वन्ध विस्तार अभियानको शुभराम्भ कार्यक्रममा विश्वभर देखा परेको कोरना भाईरसको विषयले समेत स्थान पाएको छ ।
पाटी एकता र सरकारले गरेका कामहरुको जानकारी र जन सम्पर्क विस्तार अभियानमा नेकपा जिल्ला सदस्य तथा मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले कोरना भाइरसको नेपालमा उच्च जोखीम रहेको भन्दै जोखीमबाट बच्नका लागी अपनाउनुपर्ने सावधानीका बिषयमा जानकारी समेत गराउनु भएको थियो ।
अभियानको शुभराम्भमा नोवेल कोरना भाइरस सम्वन्धि हाते पुस्तीका समेत प्रकाशन गरी वितरण गरीएको छ । आम नागरीकमा कोरना भाईरसको त्रास सृजना भएकोले कोरना भाईरसको बारेमा जानकारी दिन सचेतना मुलक हाते पुस्तीका प्रकाशनमा ल्याएको नेकपा नवलपुरका अध्यक्ष रोशन बहादुर गाहाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया