सागर पोख्रेल
कावासोती, फागुन ३०
अमलटारि मध्यवर्ती उपभोक्ता समिति , कावासोति –१५ले अर्थिक बर्ष ०७६÷०७७ को योजना संचालनका लागि प्रशिक्षण तथा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मध्यवर्तीले आर्थिक बर्ष भित्र गरीने विनियोजीत रकमका उपभोक्ताहरुलाई भेला गराई एकै साथ चेक हस्तान्तरण गरीएको हो ।
मध्यवर्ती उपभोक्तले आफ्नो कार्यक्षेत्र साविक कुमारवर्ती र अग्यौली गा.सव.स. हाल कावासोती नगरपालिका वडा नं. १४, १५ र १७ भित्र निर्माण गरीने भौतिक तथा विकास निर्माणका लागी विनियोजीत रकम उपभोक्ता समितिका अध्यक्षहरुलाई हस्तान्त्रण गरीएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कावासोती नगरपालिका उप प्रमुख प्रेम शकर मर्दनियाले मध्यवर्ती क्षेत्रबाट हुने विकास निर्माण र स्थानिय सरकारबाट हुने विकास निर्माणका लागी हुने योजनामा दोहोरो रकम निकासा नहुन र त्यस्ता कार्यलाई निरुत्साहित गर्न सहकार्य गरेर कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले चितवन राष्ट्रिय निकुञ्जले आगामी बर्षमा रकम विनियोजन गर्दा संरक्षणको शिर्षक समेत समावेश गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सरक्षण अधिकृत पशुपति अघिकारीले कुनैपनी मध्यवर्तीका समितिले सबै उपभोक्तालाई एकै स्थानमा जम्मा गराई प्रशिक्षण र चेक हस्तान्तरण गरेको भन्दै उक्त कार्यको प्रंशसा समेत गर्नुभयो ।
कार्यक्रममा कावासोति नगरपालिका वडा न १५का वडा अध्यक्षदेवेन्द्र महतो उपभोक्ता समितिका समितिहरुको सहभाथीता रहेको थियो ।
अमलटारि मध्यवर्ती उपभोक्ता समिति , कावासोति –१५ले अर्थिक बर्ष ०७६÷०७७का लागी रु ४५ लाख रकम मध्ये विकास योजना अन्र्तगतको ५० प्रतिशत रकम १२ लाख १९ हजार रकम हस्तान्तरण गरेको अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष केदार घिमिरेले जानकारी दिनुभयो ।