नवलपरासी, २८ फाल्गुन
पूर्वी नवलपरासीमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको निधन भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार साँझ गैडाकोटबाट पहाडी मार्ग बुलिङ्गटार जाँदै गरेको अ यो ००२७ नम्बरको बलेरो पि अचानक सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते दाङ निवासी ५३ बर्षीय विमलचन्द्र सुवेदीको उपचारको क्रममा गएराति नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । जिप चालक चितवनको राप्ती नगरपालिका ४ निवासी २२ बर्षीय निर्जल हुमागाई, जिपमा सवार रौतहटको बाग्मती नगरपालिका २ निवासी ३९ बर्षीय दलबहादुर सलामी मगर, नुवकोट ककनि नगरपालिका ४ निवासी २६ बर्षीय रितिक लामा र २६ बर्षीय गौतम घले घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
त्यसैगरी गएराति गैडाकोट नगरपालिका ५ मा ना ३ च २२६१ नम्बरको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको निधन भएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका गोर्खाको पालुङटार गाउँपालिका १० निवासी ३५ बर्षीय ज्ञानबहादुर कुँवरको आज विहान नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो ।
बोलेरो र बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।