घरHeadlineनवलपुरकाे काेल्हुवा चाैराहामा मध्यरातमा गाेलि चल्याे, एक जना घाईते

नवलपुरकाे काेल्हुवा चाैराहामा मध्यरातमा गाेलि चल्याे, एक जना घाईते

नवलपरासी, २५ फाल्गुन ।

पूर्वी नवलपरासीकाे मध्यविन्दु २, काेल्हुवा चाैराहामा मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेकाे भन्दै प्रहरीले गाेली चलाउँदा एक जना सर्वसाधरण घाईते भएका छन् ।

काेल्हुवा प्रहरी चाैकीका सई गंगाराम चाैधरीकाे नेतृत्वमा गस्तीमा रहेकाे टाेलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाकाे लागि गाेली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रहरी उपरिक्षक दीपक रेग्मीले बताए ।

गाेली लागेर मध्यविन्दु २ नन्दपुर निवासी ३४ बर्षीय जाेगनारायण चाैधरी गम्भीर घाईते भएका छन् ।

उनकाे काेखा र गाेडा मुनि गरी दुई राउण्ड गाेली लागेकाे छ । सई गंगाराम चाैधरीले गाेली चलाएकाे प्रहरी उपरीक्षक रेग्मीले बताए ।

रेग्मीका अनुसार गस्तीमा रहेकाे टाेलीले एउटा माेटरसाईकलमा ३ जना चढेर अाएकाे देखेपछि राेकेर चेकजाँच गर्न खाेज्दा नराेकी भाग्न खाेजेकाे र माेटरसाईकलले सइ चाैधरीलाई लडाई दिएकाे र साथै ढुंगाप्रहार गरेपछि अात्मरक्षाकाे लागि गाेली चलाएकाे हाे ।
उनीहरूकाे साथबाट एक थान खुकुरी र उनीहरूले प्रयाेग गरेकाे ना ४९ प ६५१३ नम्बरकाे बाईक पनि बरामद गरेकाे छ ।
घाईतेकाे अवस्था मध्यम रहेकाे र पुरानाे मेडिकल कलेजमा उपचार भईरहेकाे रेग्मीले जानकारी दिए ।
प्रहरीले मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महताे, १९ बर्षीय सुरज महताेलाई पक्राउ गरेकाे छ ।
पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएकाे छ । घटना राति ११ बजे भएकाे बताईएकाे छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया