घरHeadlineहुप्सेकाेटका फरार अधिकृत प्रहरी नियन्त्रणमा

हुप्सेकाेटका फरार अधिकृत प्रहरी नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाका फरार अधिकृत शिव सुवेदी प्रहरी नियन्त्रणमा अाएका छन् ।
नवलपुर प्रहरीका अनुसार उनी अाज विहान ईलाका प्रहरी कार्यालय गैडाकाेटमा प्रहरी सम्पर्कमा अाएका हुन् ।
उनलाई अाजै जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याउने तयारी भएकाे छ ।
हुप्सेकाेटमा सरकारी गाडी लिएर सिक्ने क्रममा दुर्घटना गराएर उनी फरार भएका थिए ।
माघ ७ गते उनले चलाएकाे ग १ झ ३८९  नम्बरकाे हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट ४ बर्षीय बालक दीप गाहाकाे निधन भएकाे थियाे । दुर्घटनामा अन्य ४ जना घाईते भएका थिए ।
प्रशासन शाखाका अधिकृत शिव सुवेदीसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएका कारण फरार भएकाे थिए ।
अधिकृत फरार भएका कारण हुप्सेकाेटमा पछिल्लाे समय व्यापक तनाब बढेकाे छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया