घरHeadlineडेढगाउँको स्वास्थ्य शिबिरमा २७७ जनाकाे स्वास्थ्य परिक्षण

डेढगाउँको स्वास्थ्य शिबिरमा २७७ जनाकाे स्वास्थ्य परिक्षण

वीर बहादुर वि सि

फागुन ७ डेढगाउँ ,नवलपुर

नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिकाको डेढगाउँमा स्त्री तथा प्रसुती रोग सम्बन्धि एकदिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।दिगो बिकासका लागि साझा पहल (CASD-Nepal/ काष्ड नेपाल )को आयोजना,बालीघाट क्षेत्र संरक्षण समितिको ब्यबस्थापन,मौलाकाली अस्पताल भरतपुर चितवनको प्राबिधिक सहयोग ,स्वास्थ्यशाखा बौदीकाली गाउँपालिका,बालीघाट सामुदायिक स्वास्थ्य इकाई,उद्यमशिल महिला कृषि सहकारी संस्था लिमिटेड र शोभाकर कौशिल्यावती स्मृति परिषदको सहकार्यमा भएको शिबिरमा २७७जना बिरामीले सेवा लिएका थिए !
बालीघाट क्षेत्र संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाको अध्यक्षतामा भएको शिबिर कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले शिबिरमा महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्या निर्धक्क चिकित्सक र स्वास्थ्यकर्मी सङ्ग भनी सेवा लिनु हुन अनुरोध गर्नुहुदै गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य सेवामा जोड दिईरहेको बताउनु भएको थियो । कार्यक्रममा बौदीकाली गाउँपालिका वार्डन २ डेढगाउँका वडाध्यक्ष बाल प्रसाद ठाडा,बालीघाट क्षेत्र संरक्षण समितिका संरक्षक शिव खनाल,।दिगो बिकासका लागि साझा पहल (CASD-Nepal/ काष्ड नेपाल )का अध्यक्ष प्रकाश ओझा,बरिस्ठ स्त्रीरोग विशेषज्ञ डा.राम प्रसाद सापकोटाले आफ्नो भनाइ राख्नु भएको थियो ।बालीघाट सामुदायिक स्वास्थ्य इकाई बौदीकाली-२ डेढगाउँ बालीघाटमा भएको शिबिरमा १४२ जनाको भिडियो एक्सरे,५जनालाई पेशरी रिङ्ग राखिएकोर ४२ जनालाई पाठेघर सम्बन्धि समस्या देखिएको डा.सापकोटाले बताउनु भयो !शिबिरमा वरिष्ठ डा.गोपाल खनाल,स्त्रीरोग विशेषज्ञ डा.राम प्रसाद सापकोटा,रेडियोलोजिष्ट डा.हरि राना,डा.सुरज सुवे स्वास्थ्य टोलिले स्वास्थ्य सेवा दिएका थिए !शिबिरमा बिरामी परिक्षण,औषधि बितरण,भिडियो एक्सरे ,रिङ्ग पेसरी राख्ने सेवा र स्वास्थ्य शिक्षा सेवा प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया