घरHeadlineराईनो कपमा ईन्द्रेणी एकीकृत बिकास केन्द्र पोखराद्धारा अभिषेक चर्च पराजीत

राईनो कपमा ईन्द्रेणी एकीकृत बिकास केन्द्र पोखराद्धारा अभिषेक चर्च पराजीत

कावासोती , फागुन ६ नवलपुर 
नवलपुरकोे मध्यविन्दु नगरपालिका २ मा संचालीत राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको पाचौ संस्करणको दोस्रो दिनको आज (मंगलवार) भएको खेलमा ईन्द्रेण्ीा एकीकृत बिकास केन्द्र पोखरा जित हात पारेको छ ।
ईन्द्रेण्ीा एकीकृत बिकास केन्द्र पोखरा र अभिषेक चर्च नवलपुर बिच भएको खेलमा ईन्द्रेणीले ५ गोल गर्दे अभिषेक चर्च रजहरलाई पराजित गरेको हो ।
खेलको पहिलो हाफमा ईन्द्रेणी एकीकृत बिकास केन्द्रका खेलाडि रोशन रानाले पहिलो गोल गरेका थिए । खेलको ३४ औ मिनेटमा ईन्द्रेणीकै रमेश मगरले एक गोल थपेका थिए । ईन्द्रेणीकै सुमित श्रेष्ठ, अनिस तामाङ, सन्जु जोलरीले पुन गोल थपे पछि ईन्द्रेणीले ५ गोल आफ्नो कब्जामा जमाएको थियो । यो जीत सगै ईन्द्रेणी एकीकृत बिकास केन्द्रले फागुन १० गते उद्धाटन खेल बिजेता हिमालय शेर्पाको सामना गर्नुपर्ने भएको छ । नवलपुरको अभिषेक चर्च रजहरले भने २ गोलमै सिमित रहन पुग्यो ।
भोली बुधबारको खेल झापा ११ र एफ. सि. विजय युथ हेटौडा बीच हुने प्रतियोगीताका प्रचार प्रसार समिति संयोजक बिष्णु अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि जनसचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छ । खेल राईनो क्लव मध्यविन्दु ४ को आयोजनामा संचालनमा राईनो रंगशाला कुमारवर्ती मा.वि.मा भएको हो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया