सागर पाेखरेल
मध्यविन्दु , फागुन ५
विश्वमा एक सिङ्गो गैडा संरक्षणकाे लागि अायाेजना गरिने राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अाज बाट अाैपचारिक रुपमा शुरु भएकाे छ ।
राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियाेगिताकाे अाज (साेमबार) मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द बहादुर रानाले समुद्धाटन गर्नुभएकाे छ ।
कार्यक्रमकाे अाैपचारिक शुभराम्भ गर्दै नगर प्रमुख रानाले नेपालमा मात्र पाईने एक सिङ्गो गैडाकाे संरक्षण गर्दै नेपालमा पर्यटन विकास गर्न सके नेपाली युवाहरु विदेश पलायन हुन नपर्ने भन्दै सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयाे ।
राईनो क्ल्बको आयोजना एवं नन्दभाउजु उपभोक्ता समितीको संरक्षणत्वमा पुर्वी नवलपरासीको मध्यविन्दु-२ स्थित राईनो मैदानमा अाज देखि सुरु भएकाे प्रतियोगिताको उदघाटन खेलमा हिमालयन शेर्पा र बिरगंज युथ एकेडेमी खेल्ने भएका छन ।
राईनाे फुटबल प्रतियाेगितामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ बर्षदेखि आयोजना गरिदै आएको प्रतियोगिता अाज देखि शुरु भएकाे छ । को पाचौं संस्करणको उदघाटन मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले गर्ने अध्यक्ष भण्डारीले बताए।
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।