सागर पोख्रेल

माघ १७, कावासोती
छैटौ नवलपुर महोत्सब २०७६ मा संञ्चालित भलिबल प्रतियोगिताको उपाधि खेल व्यावस्थापन सस्था जि एम समाज कावासोतिले चुम्हेको छ ।
छैटौ नवलपुर महोत्सबमा संञ्चालन भएकमो जिल्ला स्तरीय नक आउट भलिबल प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा जनजगृति युवा क्लव देवचुलीलाईलाई सोझो सेटमा पराजय गर्दै व्यावस्थापन संस्था जि.एम. समाज कावासोतीले भलिवल प्रतियोगीताको उपाधी चुम्न सफल भएको हो ।
जनजगृति युवा क्लव देवचुलीले भने भलिवल प्रतियोगीताको दोस्रो उपाघिमै चित्त बुझाउन परेको थियो ।
आजै सम्पन्न तृतिय स्थानको लागी भएको खेलमा हिम शिखर दोहोरी घरलाई सोझो सेटमा पराजय गर्दै रतवल विकासमुखी युवा क्लवले तृतीय पुरस्कार जीत्न सफल भयो ।
प्रतियोगीतामा प्रथमहुने टिक जि. एम. समाज कावासोतीले नगद रु ६० हजार नगद सहित मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गरेको थियो भने दोस्रो हुने हुने टिम जनजागृति युवा क्लव देवचुलीले नगद रु ४० हजार नगद सहित मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गरेको थियो । तृतिय हुने रतवल विकासमुखी युवा क्लवले नगद रु २० हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको थियो ।
विजयी टिमलाई छैटौ नवलपुर महोत्सव २०७६को नवौ दिनका प्रमुख अतिथी गण्डकी प्रदेश विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।