घरHeadlineगाउँ पालिकाकाे गाडिले ठक्कर दिदा ५ बर्षिय बालककाे मृत्यु

गाउँ पालिकाकाे गाडिले ठक्कर दिदा ५ बर्षिय बालककाे मृत्यु

शिव डुम्रे

नवलपुर, ०७ माघ । नवलपरासी सुस्ता पूर्वस्थित हुप्सेकोट गाउँपालिकाको सवारीले ठक्कर दिँदा एक बालकको घटनास्थलमै ज्यान गएको छ ।

हुप्सेकोट गाउपालिका –४ नयाँ बजारमा गाउँपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा गाउँपालिकाको गाडीले ठक्कर दिँदा ५ वर्षीय दिप गाहाँ नाम गरेका बालकको ज्यान गएको हो ।

ग १ झ ३८९ नम्बरको गाउँपालिकाको गाडीले कार्यालयबाट एक सय मिटरको दुरीमा घरमा नै खेलिरहेका बालकलाई ठक्कर दिँदा बालकको घटना स्थलमै ज्यान गएको बताइएको छ।

जनप्रतिनिधि चढ्ने मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको गाडी घरमा ठक्कर दिन पुगेको थियो । बालकको घटनस्थलमै ज्यान गएको बताइएको छ । मृतक बालकलाई अस्पताल पुर्याइएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । घाइते एक महिला र पुरुषलाई उपचारको लागि अस्पताल पुर्याइएको जनाइएको छ ।

गाडी चालक फरार छन भएका छन् । गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेले घटनाबाट आफू दुखी भएकाे र चालकलाई कानूनबमोजिम कारबाही हुने प्रतिक्रिया दिएकी छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया