नवलपुर : पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १४ अग्यौलीमा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्ने भएको छ । रिटर्नी कृषि तथा पशुपालन समूहले तीन हजार मेट्रिक टनको चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।
उक्त समूह रिटर्नी नेपाल नामक एनजीओले बनाएको हो । चिस्यान केन्द्र निमार्णको सबै प्रक्रिया पुरा गरी माघ ४ गते शिलन्यास गर्न लागिएको रिटर्नी कृषि तथा पशुपालन समूह प्रा. लि. का अध्यक्ष नेत्रनारायण थनेतले जानकारी दिनुभयो । संघीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत सहयोग र बाँकी कम्पनीको लागतमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको थनेतले बताउनुभयो । बिदेश गएर फर्केका देशैभरीका युवाहरुका लागि भन्दै रिटर्नी नाम दिइएको उक्त कम्पनीमा सर्वसाधारणका लागि शेयर खुल्ला गरिएको छ ।
विदेशबाट फर्किएका युवालाई विशेष प्राथमिकता दिइने बताइए पनि अन्य सबैका लागि शेयर खुल्ला गरिएको छ। काठमाण्डौं बाहिर पहिलो पटक ब्यवस्थित प्रबिधियुक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको पनि कम्पनीको दाबी छ । यो ठाउँ देशकै एउटा केन्द्र र ब्यवसायीक कृषि क्षेत्रका लागि उपयुक्त क्षेत्र भएकालेपनि छनोट गरिएको हो । चिस्यान केन्द्रमा सिजनमा उत्पादित फलफूल तथा खाद्य बस्तुलाई भण्डारण गरी अफसिजनमा बजारमा पठाइने छ ।
१८ कठ्ठा जग्गामा ८ च्याम्बर भएको जमर्नी प्रबिधिमा आधारीत केन्द्र निर्माण गर्न गरिने अध्यक्ष थनेतले जानकारी दिनुभयो । जसलाई फरक फरक बस्तुहरु राख्न मिल्ने गरी निमार्ण गरिने छ । यस प्रोजेक्टसँग सहकार्य रिटर्नी माईग्रेन्ट नेपाल नामक एनजीओले गरेको छ । रिटर्नी माइग्रेन्ट नेपाल विदेशबाट फर्किएका युवाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।