घरHeadlineपाँचौ योग दिवसको अवशरमा म्याराथुन दौड प्रतियोगिता सम्पन्न

पाँचौ योग दिवसको अवशरमा म्याराथुन दौड प्रतियोगिता सम्पन्न

भिम भुसाल, देवचुली ।
पाँचौ योग दिवसको अवशरमा नवलपुरको देवचुलीमा म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय एकता योगको सान्दर्भिकता भन्ने मुल नाराका साथ देवचुली नगरपालिकामा महिला तथा पुरुष म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको हो ।
३२ सय मिटरको म्याराथुन दौडमा ३ किसिमले बिजेता घोषणा गरिएको छ । पुरुष ४० बर्ष माथि उमेर समुह, पुरुष ४० वर्षमुनिको उमेर समुह र बिवाहित महिला गरी ३ चरणको म्याराथुन दौड सम्पन्न भएको छ। प्रतियोगितामा १० वर्ष देखि ६० वर्ष उमेर समुहका खेलाडीहरु सहभागी बनेका थिए ।

पुरुष ४० वर्ष माथि उमेर समुहमा भागिरथ घिमिरेले १३ मिनेट १८ सेकण्डमा ३२ सय मिटर दुरी पार गर्दै प्रथम बन्न सफल भएका छन् । त्यस्तै क्रमश नवराज बस्याल १४ मिनेट ४२ सेकेण्ड, गणेश आर्चाय १५ मिनेट १४ सेकेण्डमा निश्चित दुरी पार गर्दै द्धितिय र तृतिय बन्न सफल भएका छन् ।

पुरुष ४० वर्षमुनिको उमेर समुहमा अमित थापा १२ मिनेट ५८ सेकेण्डमा ३२ सय मिटर दुरी पार गर्दै प्रथम भएका छन् । क्रमश युवराज भट्टराई १३ मिनेट २ सेकेण्ड, पविन श्रेष्ठ १३ मिनेट ३५ सकेण्डमा सोहि दुरी पार गर्दै द्धितिय र तृतिय बनेका छन् ।

विवाहित महिला तर्फ दुर्गा टन्डनले १८ मिनेट ४२ सेकेण्डमा ३२ सय मिटर दुरी पार गर्दै प्रथम बन्न सफल भएकि छन् । त्यस्तै क्रमश रमा भुसाल र कमला राना मगरले १६ मिनेट १० सेकेण्ड र १९ मिनेट १६ सेकेडमा सोहि दुरी पार गर्दै द्धितिय र तृतिय बनेका छन् ।
प्रतियोगितामा १० वर्षका बालक खेलाडी आर्जन अधिकारी र ६० वर्षिय महिला खेलाडी तिलकुमारी सुवेदीको समेत सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय बन्ने खेलाडिहरुलाई क्रमश ३ हजार २ हजार र १ हजारका दरले जिन्सि सामाग्री प्रदान गरीएको छ ।
देवचुली नगरपालिका र पतञ्जली योग समिति देवचुलीको संयुक्त आयोजनामा आयोजित म्याराथुन दौडमा ५८ खेलाडी सहभागी बनेका थिए ।
आयोजकले म्याराथुन दौडका साथै रक्तदान र योग तथा स्वास्थ्य जीवनयापन सम्बन्धी प्रवचन तथा अन्र्तक्रिया समेत सम्पन्न गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया