घरHeadline‌माछापुच्छ्रे बैककाे १४० अाै शाखा रहित बैकिङ्ग सेवा शुभराम्भ

‌माछापुच्छ्रे बैककाे १४० अाै शाखा रहित बैकिङ्ग सेवा शुभराम्भ

‌सागर पाेखरेल
‌रेडियो सामर्थ्य , पुस २३
‌माछापुच्छ्रे बैककाे १४० अाै शाखा रहित बैकिङ्ग सेवा तथा कावासाेति शाखा अन्तर्गतकाे छैठाै सेवाकेन्दकाे अाज देखि मध्यविन्दु नगरपालिकाकाे वडा न ९ बसन्तपुरमा सेवा शुभराम्भ गरेकाे छ ।
‌शाखा रहित बैकिङ्ग सेवाकाे उद्धाटन गर्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द बहादुर रानाले सरकारकाे नीति अनुरुप ग्रामीण क्षेत्रमा बैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्ने याेजना अनुसार माछापुच्छ्रे बैकले शाखा रहित सेवा सन्चालन गरेकाेमा धन्यवाद समेत व्यक्त गर्नुभयाे ।
‌कार्यक्रममा माछापुच्छ्रे बैक कावासाेति शाखाका शाखा प्रवन्धक शेषराज पाेखरेलले शाखा रहित बैकले प्रदान गर्ने सेवाकाे बारेमा जानकारी दिनुभएकाे थियाे ।
‌समुद्धाटन कार्यक्रममा बैकका प्रतिनिधि शाखा प्रबन्धक शेष राज पाेखरेल मार्फत प्रमुख अतिथिद्वारा १४० अाै शाखाका व्यावसायिक प्रतिनिधि अमृत   डिवाईस हस्तन्तरण गर्नु भएकाे थियाे ।
‌कार्यक्रममा अन्य शाखा रहित बैकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधिहरु साेनाम तामाङ, गगन न्याैपाने, सागर पाेखरेल, मध्यबिन्दु नगरपालिका वडा न ७ का अध्यक्ष अमृत ज्ञावलि सहित स्थानिय हरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया